नेपाल प्रहरीले भोलि काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० कार्तिक ६, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कात्तिक ६,काठमाडौँ । नेपाल प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ ।

दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ ।
दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।

टीकाको दिन सशस्त्रले पनि निस्शुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस