नेपाल प्रहरीले आज काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० कार्तिक ७, मंगलबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कात्तिक ७,काठमाडौँ । नेपाल प्रहरीले आज विजया दशमी (टीका) को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ ।

दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ ।

दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।

टीकाको दिन सशस्त्रले पनि नि:शुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस