टेकनाथ रिजाललाई १५ लाख र रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।
७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस