आफैँले बोकेको बन्दुकको गोली लागेर युवकको मृत्यु, ६ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १७, आईतबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौँ । दोलखामा सिकार गएका एकजना युवकको आफैँले बोकेको बन्दुर पड्किएर गोली लाग्दा मृत्यु भएको छ ।

गएराति सिकार खेल्न गएका तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव मिजारको आफैँले बोकेको बन्दुकको गोली लागेर मृत्यु भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका मिजारलाई उपचारका लाग चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएकोमा अस्पतालले मृत घोषित गरेको थियो। प्रहरीले उनीसँगै सिकारमा गएका ६ जनालाई पक्राउ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस