नक्कली शरणार्थी प्रकरण : ६ जना आज छुट्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १७, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा छुट्ने आदेश भएकामध्ये तीन जनाले धरौटी बुझाएको पत्र केन्द्रीय कारागार पुगेको छ । उच्च अदालत पाटनले शुक्रबार आदेश जारी गर्दै ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

हरिभक्त महर्जन, शमशेर मिया र नरेन्द्र केसीले धरौटी बुझाएका हुन् । यस्तै साधारण तारेखमा छाड्ने आदेश भएका आशिष बुढाथोकी पनि आइतबार नै छुट्दैछन् । रामशरण केसीले अदालतमा धरौटी बुझाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । सन्दीप रायमाझीको भने बैङ्क ग्यारेन्टी राख्ने प्रक्रियाका कारण आइतबार बुझाउने सम्भावना कम रहेको स्रोत बताउँछ ।

ताजा अपडेट

खोजी गर्नुहोस