हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले समात्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १९, बिहिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पुस १९,काठमाडौँ । जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए ।

डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो । त्यही बेला प्रहरीको आँखा छलेर फरार भएका उनलाई आज बिहान दुवाकोटबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस