झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाण्डौँ । हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनको घटनास्थलमा नै मृत्यु भएका थियो ।

हात्तीको तोडफोडबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस