गोरखा दरबारबाट काठमाण्डौ हनुमानढोकासम्म सेनाको पदयात्रा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
गोरखा दरबारबाट काठमाण्डौ हनुमानढोकासम्म सेनाको पदयात्रा

पौष २१, काठमाण्डौँ । नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्त्वको एकीकरण अभियान हर्सोल्लासकासाथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाले २०७६ सालदेखि हरेक वर्ष पृथ्वीजयन्तीको अवसरमा गोरखादेखि काठमाण्डौसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, सेनाको नम्बर–३ बाहिनीपति सहायक रथी गौरवकुमार केसीले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस