सिप बिल्डिङका २१ हजार परीक्षार्थी अर्को भाषा परीक्षामा सामेल हुन पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २४, मंगलबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पुस २४,काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत जहाज निर्माण (सिप बिल्डिङ)को भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् । कोरियाली सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक र कोरियाको मान संशाधन विकास (एचआरडी) विभागका अधिकारीहरुबीच सोमबार भएको छलफलमा कोरियाली पक्षले उत्पादनमूलतर्फ आवेदन दिएका १ लाख ६५ हजार भन्दा बढी आवेदकलाई नै परीक्षामा सामेल गराउने जानकारी दिएको हो । सिप बिल्डिङतर्फको परीक्षामा सहभागी भएका करिब २१ हजार २५४ जना परीक्षार्थीहरूले आवेदन भरेकोमा उनीहरु समेत यो परीक्षामा सामेल हुन पाउने भएका हुन् ।

‘जनवरी २० देखि नै तीन चरणमा परीक्षा सञ्चालन हुने जानकारी कोरियाली पक्षले दिएको छ,’ महानिर्देशक घिमिरेले भने,‘अब दैनिक ४ सिफ्टको ठाउँमा ५ सिफ्टमा परीक्षा लिएर दैनिक १ हजार जनालाई सहभागी गराउने कार्ययोजना बनेको छ ।’

पहिलो चरणमा ४७ हजार, दोस्रोमा ८० हजार र तेस्रो चरणमा ३७ हजार जनालाई उत्पादनमूलकतर्फ परीक्षा दिन लगाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस