ललितपुरमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २५, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष २५, ललितपुर । गोदावरी नगरपालिका १४ हाडेगाउँ चोक बाडेगाउँस्थित सडकमा बा २१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२ ०४१ प ९४२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृतकमा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठ रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस