कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २५, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह

पौष २५, काठमाडौँ । नेपालमा पनि कोरोनाको नयाँ सब भेरियन्ट जेएन १ भेटिएको हुँदा यसबाट आत्तिनु पर्ने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सब भेरियन्ट देखिएसँगै यसको जोखिमबारे सर्वसाधारणको चिन्ता बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने सिकिस्त नबनाउने र मृत्यु दर कम भएकाले नआत्तिन आग्रह गरेको हो । महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जेएन १ नयाँ भाइरस नभएको र मृत्यु गराउने दर पनि कम देखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस