मेलम्चीको पानी सुरुङमा पठाइयो, चार दिनमा सुन्दरीजल आइपुग्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २७, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष २७, काठमाडौँ । भूकम्प र भ्रेमाथाङ बाढीका कारण अवरुद्ध मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ । सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ । माघ १ गतेसम्म काठमाडौंबासीको धारामा मेलम्चीको पानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।

परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको थियो । तर बिहीबारदेखि प्रतिसेकेण्ड ६ सय लिटर पानी सुरुङमा प्रवेश गराइएको हो । परिमाण बढाउँदै दैनिक दुई हजार प्रतिसेकेण्ड अर्थात् १७ करोड लिटर सुरुङमा पठाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस