आगामी सातादेखि हिउँदे झरीको अनुमान !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २८, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
आगामी सातादेखि हिउँदे झरीको अनुमान !

पौष २८, काठमाडौँ । नेपालमा यो वर्षको हिउँदे झरी आगामी सातादेखि पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि मौसम पूर्वानुमान बमोजिम देशका तीनै भौगोलिक क्षेत्रमा उचाइअनुसार हिमपातदेखि फाटफुट वर्षा हुने सम्भावना छ ।

कम्तिमा बुधबारदेखि हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यसैगरी पहाडी क्षेत्रमा साताको मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा पनि साताको मध्य र अन्त्यमा एक दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस