औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २८, शनिबार (१ साल अघि)
  • २६ पटक पढिएको
औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्दै

पौष २८, काठमाडौँ । सरकारबाट उपलब्ध हुँदै आएको ९८ प्रकारका औषधीमध्ये २० प्रकारका औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने योजना अघि सारेको छ । स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरेको महाप्रबन्धक कैलाशकुमार पनेरुले बताएका छन् ।

प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागि परेको उनको दाबी छ । औषधी लिमिटेडको उत्पादन क्षमता विस्तारका हाललाई २० प्रकारका औषधि उत्पादन र बिक्री वितरण गर्न अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सुझावसमेत दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस