आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २, बुधबार (१ साल अघि)
  • २३ पटक पढिएको
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै

फागुन २, काठमाण्डौँ । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।

यो दिन प्रेमी(प्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर प्रेम साट्ने प्रचलन नेपालमा पनि बढ्दै गरिरहेको छ । प्रेम दिवसको अवसरमा राजधानीको कमलादीमा गुलाबका फूललाई आकर्षण ढङ्गले सजाइएको छ । यस्तै विभिन्न उपहार पसलहरू र मलहरूमा उपहार किन्नेहरूको बाक्लो भीड लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस