कामीरिता शेर्पा

कामीरिताको नयाँ कीर्तिमान : ३०औँ पटक सगरमाथाको चुचुरोमा पाईला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ९, बुधबार (१ साल अघि)
  • ३८ पटक पढिएको
कामीरिताको नयाँ कीर्तिमान : ३०औँ पटक सगरमाथाको चुचुरोमा पाईला

जेठ ९, काठमाडौँ । कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३०औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन् । उनी ११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

गत वैशाख ३० गते आइतबार कामीरिताले २९औँ पटक सगरमाथाको चुुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका थिए । फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज चुचुरोमा पुगेको कम्पनीले जनाएको छ ।

#कामीरिता शेर्पा

ताजा अपडेट

खोजी गर्नुहोस