सर्वोच्च शिखर सगरमाथा

सगरमाथा आरोहणका क्रममा एक नेपाली र एक बेलायती आरोही बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ९, बुधबार (३ हप्ता अघि)
  • ४२ पटक पढिएको
सगरमाथा आरोहणका क्रममा एक नेपाली र एक बेलायती आरोही बेपत्ता

जेठ ९, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।

मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा संखुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए । चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवै जना बेपत्ता भएका उनले बताए ।

दुवै जनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’ मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए ।

#सर्वोच्च शिखर सगरमाथा

ताजा अपडेट

खोजी गर्नुहोस