कैलाश सिरोहिया

कैलाश सिरोहियामाथि अनुसन्धानका लागि ३ दिन म्याद थप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ९, बुधबार (३ हप्ता अघि)
  • ८३ पटक पढिएको
कैलाश सिरोहियामाथि अनुसन्धानका लागि ३ दिन म्याद थप

जेठ ९, धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले म्याद थप गरेको छ ।

बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो । सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको थियो ।

प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

#कैलाश सिरोहिया

ताजा अपडेट

खोजी गर्नुहोस