परिषद्का कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे प्रशिक्षण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ जेष्ठ ११, शुक्रबार (१ साल अघि)
  • ८९ पटक पढिएको
परिषद्का कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे प्रशिक्षण

जेठ ११, काठमाडौँ ।  समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्‍मा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्याङ्कनमा जाँदा हुने यौनजन्य दुर्व्यवहार विरुद्ध एक दिने सचेतना कक्षा सञ्चालन गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिषद्का कर्मचारी, मूल्याङ्कनमा जाने टिम लिडर लगायतले सेवाग्राहीसँग आचारसंहिता विपरीत व्यवहार गर्ने गरेको उजुरी तथा गुनासो आएपछि परिषद्का पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई विषयगत विज्ञबाट सचेतना दिन निर्देशन दिनुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस