त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

झन्डै १ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ११, शुक्रबार (३ हप्ता अघि)
  • ६५ पटक पढिएको
झन्डै १ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

जेठ ११, काठमाडौँ । धावनमार्गको पिच उप्किएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै एक घन्टा अवरुद्ध भएको छ। विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार, धावनमार्गको चार्ली र डेल्टा ट्याक्सीवे सेक्सनको मध्यभागमा अलकत्रा र गिट्टी उप्किएपछि उडान बन्द गरिएको थियो ।

धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको हो । मर्मतपछि अहिले भने विमानस्थल सञ्चालनमा आएको प्रवक्ता झाले बताए ।

#त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

ताजा अपडेट

खोजी गर्नुहोस