थुनामुक्त

बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १०, बिहिबार (१० महिना अघि)
  • १०२ पटक पढिएको
बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

साउन १०, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो । थुनामा रहेका झाका छोराले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोद शर्मा र गत साउन ६ गते
ढुङ्गानाको इजलासमा पेसी परेको थियो । तर, आफू अनुकूलका न्यायाधीश नभएको भन्दै उनका कानुन व्यवसायीले पेसी स्थगित गरेका थिए।झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो । झालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ ।

#थुनामुक्त

 

ताजा अपडेट

खोजी गर्नुहोस