पहिरो

पहिरोले पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ११, शुक्रबार (१० महिना अघि)
  • ४५ पटक पढिएको
पहिरोले पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

|klx/f]df a]kQfsf] vf]hL ul/Fb} bdf}nL -tgx'F_, @# c;f/M tgx'Fsf] z'Snfu08sL gu/kflnsf–& sfp/]df zlgaf/ klx/f]n] 3/ k'l/P/ a]kQf ePsfsf] cfOtaf/ laxfg vf]hL ul/Fb} . klx/f]df k'l/P/ a]kQf Ps dlxnfsf] zj e]l6Psf] 5 eg] b'O{ hgf a]kQf 5g . tl:a/M s[i0f Gof}kfg]÷ /f;;

साउन ११, काठमाण्डौँ । मन्थली रामेछाप र रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ ।
अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।

बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए।

पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन् ।

घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासीलगायतले थप क्षति हुनबाट जोगाएका थिए ।

#पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस