खिर खाएर साउन १५ मनाइदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १५, मंगलबार (१० महिना अघि)
  • १०८ पटक पढिएको
खिर खाएर साउन १५ मनाइदै

साउन १५,काठमाडौँ । आज खीर खाएर साउन १५ मनाइँदैछ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।

दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने डाक्टरहरु बताउँछन् । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस