भोजपुरमा बाढीले बगाउँदा दुइ जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १६, बुधबार (१० महिना अघि)
  • ७० पटक पढिएको
भोजपुरमा बाढीले बगाउँदा दुइ जना बेपत्ता

साउन १६, काठमाडौँ । भोजपुरमा २ जनालाई बाढीले बगाएको छ । सिल्पा सिलिचो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले बगाउँदा इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदार बेपत्ता भएका छन् ।

भोजपुर प्रहरीका अनुसार राति १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएका छन् । उनीहरूको खोजीका लागि घटनास्थलमा प्रहरीको टोली जाँदै छ । हराएका मजदुरको पहिचान खुल्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस