मनसुन सक्रिय भएसँगै ९६ प्रतिशत रोपाइँ सकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २२, मंगलबार (९ महिना अघि)
  • ३८ पटक पढिएको
मनसुन सक्रिय भएसँगै ९६ प्रतिशत रोपाइँ सकियो

साउन २२,काठमाडौँ । मनसुन सक्रिय भएसँगै साढे १३ लाख हेक्टरमा धान रोपाइँ भएको छ । यो कुल रोपाइँ हुने क्षेत्रफलको ९६.३ प्रतिशत हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकभर १४ लाख १ हजार २ सय ७३.७३ हेक्टरमा रोपाइँ हुन्छ । साउन २० गतेसम्म १३ लाख ४९ हजार ६ सय ७.४ हेक्टरमा धान रोपाइँ भएको हो ।

२०८० साउन १९ सम्म ८१.८ प्रतिशत मात्रै रोपाइँ भएको थियो । ‘गत वर्षको तुलनमा रोपाइँको अवस्था राम्रो छ । रोपाइँ बढ्नुको कारण सहज रूपमा पानीको उपलब्धता हो,’ मन्त्रालयका प्रबक्ता हरिबहादुर केसीले भने, ‘यसपालि वर्षा राम्रो भयो । रोपाइँ पनि राम्रो भएको छ ।’ अबको एक सातामा शतप्रतिशत रोपाइँ हुन्छ । शतप्रतिशत रोपाइँ हुँदा धान उत्पादन पनि बढ्ने मन्त्रालयको प्रक्षेपण छ । मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । अहिले उत्पादन थप बढ्न सक्ने मन्त्रालयको बुझाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस