भाद्र १६, काठमाडौँ । बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा अभियन्ताहरूले काठमाडौंमा प्रदर्शन गरिएको छ।
बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनीमा नेपाली कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौंको माइतीघर मण्डलदेखि बालुवाटारसम्म खाली खुट्टा हिँडेर प्रदर्शन गरिएको हो।
रूबी खानको नेतृत्वमा बाँकेका अभियन्ताहरूले काठमाडौंको माइतीघर मण्डलमा बसेर धर्ना दिँदै आएका छन्। साउन २५ गतेदेखि कलंकीदेखि माइतीघरसम्म हिँडेर आएर धर्ना बस्दै आएका थिए।
तीन सातादेखिको धर्नामा सरकारले चासो नदेखाएपछि आइतबार माइतीघर मण्डलदेखि बालुवाटारसम्म खालीखुट्टा हिँडेर प्रदर्शन गरिएको अभियन्ता रूबी खानले जानकारी दिइन्।