“उल्टो बाटो, सीधा सन्देश – जेबीको रोचक यात्राले छुन खोज्यो मुटु”

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १२, सोमबार (२ हप्ता अघि)
  • ६९ पटक पढिएको
“उल्टो बाटो, सीधा सन्देश – जेबीको रोचक यात्राले छुन खोज्यो मुटु”

जेठ १२, बर्दिवास  –जुन बाटोमा सबै अगाडि बढ्छन्, त्यही बाटोमा जिवनाथ पोखरेल ‘जेबी’ पछाडि फर्किए – तर उद्देश्य सीधै हृदयसम्म पुर्‍याउने ।

‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ भनेर नाम दिइएको यो अभियान कुनै मनोरञ्जन मात्र होइन, संस्कृति, स्वास्थ्य र पर्यटनको मिठो संगम थियो ।

बर्दिवासबाट सुरु भएको यो यात्रा सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेर सांस्कृतिक सुरसंगीतमा विलीन भयो । २५ सदस्यीय टोलीका साथमा जेबीले ‘मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक’ भन्ने नारालाई बडो अपनत्वसाथ बोके ।

संयोजक सुबोध कट्टेल भन्छन्, “हामीले हाम्रै धरोहर, हाम्रै जीवनशैलीलाई फेरि एकपटक टाउकोमा बोकेर देखाउन खोजेका हौं ।”

सुरक्षित यात्रा, रोचक प्रस्तुति र मौलिक उद्देश्यले यो उल्टो यात्रा सीधै मन जित्ने बन्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस