साउन ७, काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल टी २० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष वृजेश पटेलले १३औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।
पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले प्रतियोगिताको मिति भने सार्वजनिक गरेनन् । तर पछिल्लो समय सार्वजनिक रिपोर्ट अनुसार बीसीसीआईले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आईपीएल गर्ने तयारी गरेको पनि क्रिकइन्फोले जनाएको छ ।