अस्ट्रेलियाविरुद्धको पहिलो टी-२०मा इंग्ल्यान्डको रोमाञ्‍चक जीत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ भाद्र २०, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाडौं । इंग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले तीन खेलको टी २० श्रृंखलाअन्तर्गतको पहिलो खेलमा झिनो अन्तरको पराजय व्यहोरेको छ । साउथह्‍याम्पटनमा भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई २ रनले हराएको हो । टस हारेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । उसका लागि डेविड मलानले ६६ तथा ओपनर जस बट्लरले ४४ रनको योगदान दिए । अस्ट्रेलियाका ग्‍लेन म्याक्सवेल, एस्टन एगर र केन रिचर्डसनले २(२ विकेट लिए ।

जवाफमा १६३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाएपछि २ रनको झिनो हार व्यहोरेको हो । अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ५८ र एरन फिन्चले ४६ रन बनाए । इंग्ल्यान्डका जोफ्रा आर्चर र आदिल राशीदले २(२ विकेट लिए । कुनै समय १२४(१ को अवस्थामा रहेको अस्ट्रेलियाले त्यसपछि विकेट गुमाउँदै गएको भएतापनि उसलाइ अन्तिम ५ ओभरमा मात्र २४ रनको आवश्यकता थियो । अन्तिम ओभरमा १५ रन चाहिएको अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले एक छक्कासँगै १२ रन मात्र जोड्न सके । अन्तिम बलमा ५ रन चााहिएको अवस्थामा स्टोइनिसले लङ अन क्षेत्रमा खेल्दै २ रन मात्र बटुल्न सकेका थिए । जीतसँगै इंग्ल्यान्डले तीन खेलको टी२० श्रृंखलामा १(० को अग्रता लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस