बैंक खातामा गयो क्रिकेट खेलाडीको एक वर्षको तलब

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ भाद्र २३, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

भाद्र २३, काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार सबै राष्ट्रिय खेलाडीको २०१९ को तलब बैंक खातामा पठाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले तलब पठाएपछि क्यानले खेलाडीको तलब बैंक खातामा पठाएको हो । उनीहरुको तलब प्रतिमहिना १० हजारका दरले बढेर आएको छ । २०२० को तलब भने आइसिसीले पठाएको छैन ।

क्यानले ग्रेड ए ,बी र सी श्रेणी गरी २२ जना खेलाडीहरुको रोकिएको तलब पठाएको हो । आइसिसीले २०१९ का लागि ए श्रेणीको मासिक ४५ हजार, बी श्रेणीको मासिक ३५ हजार र सी श्रेणीको मासिक २५ हजार रुपैयाँका दरले पठाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस