असोज २, काठमाडौं । युरोपा लिग फुटबल छनोटको दोस्रो चरणको प्लेअफ खेलमा टोटनह्याम हटस्परले बुल्गेरियाको लोकोमोटिभ प्लोभदिभविरुद्ध कठिन जित निकालेको छ । गएराति भएको खेलमा टोटनह्यामले लोकोमोटिभलाई २–१ गोलले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा तीनै गोल दोस्रो हाफको अन्तिम २० मिनेटमा संभव भयो। ७१ औं मिनेटमा जिओर्ची मिन्चेभले गोल गर्दै लोकोमोटिभलाई अग्रता दिलाए ।
तर ७८ औं र ७९ औं मिनेटमा लोकोमिटभका दुई खेलाडी रातो कार्ड खाँदै बाहिरिएपछि टोटनह्यामले ८० औं मिनेटमा पेनाल्टीमार्फत् खेल बराबरी गर्यो । उसका लागि ह्यारी केनले गोल गरे । नौ खेलाडीमा सिमित भएको लोकोमोटिभविरुद्ध ८५ औं मिनेटमा टान्गी एनडोम्बेलेले अर्को गोल थप्दै टोटनह्यामको जित सुनिश्चित गरेका हुन्।