आईपीएल क्रिकेट: रोयल च्यालेन्जर्स बैंगलोरको विजयी सुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन ६, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जितसँगै बैंगलोरले २ अंक जोडेको छ । पराजित भएको हैदराबादको शून्य अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस