बायर्न म्युनिखलाई यूईएफए सुपर कपको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन ९, शुक्रबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज ९,काठमाडौँ । यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । सेभियालाई अतिरिक्त समयमा २(१ गोलले हराउँदै बायर्नले सात वर्षपछि यो प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्न त्यसपछि फाइनल खेल्न सकेको थिएन । सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए सुपर कपको फाइनलमा पराजित भएको हो ।

हंगेरीको बुढापेष्टमा भएको खेलमा १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरे । त्यसपछि ३४ औं मिनेटमा बायर्नका लियोन गोरेज्काले गोल गरेपछि खेल १ १ को बराबरी भयो । त्यसपछि दोस्रो हाफमा गोल हुन सकेन ।

निर्धारित ९० मिनेटमा एक(एकको बराबरी खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि एक सय चार मिनेटमा बायर्नका मार्टिनेज अगुइनागाले गोल गरेपछि बायर्न विजयी भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस