स्पेनिस ला लिगामा बार्सिलोनाको उत्कृष्ट सुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन १६, शुक्रबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले सहज जित निकालेको छ । सेल्टा भिगोको बालाइडोस मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई ३–० गोलले हराउँदै बार्सिलोनाले लिगमा दोस्रो खेल जितेको हो । जितका लागि अन्तसू फाती र सर्जियो रोबार्टोले गोल गरे। त्यस्तै सेल्टाका लुकास ओलाजाले आत्मघाती गोल गर्दा बर्सिलोनालाई एक गोल फाइदा भएको थियो । खेलको ११ औं मिनेटमा फिलिप काउटिन्होले दिएको पासलाई सदुपयोग गर्दै फातीले गोल गरे । फातीको गोलसँगै पहिलो हाफमा बार्सिलोना १–० गोलअन्तरले अघि रह्यो । त्यस्तै, खेलको ५५ औं मिनेटमा मेस्सीले काउटिन्होतर्फ फलेको क्रस सेल्टाका डिफेन्डर आलाजालाई लागेर पेस्टतर्फ मोडिएपछि बार्सिलोनाले एक गोल कोसेली पायो । यता खेलको अन्तिम गोल भने बार्सिलोनाका डिफेन्डर रोबर्टोले गरे ।

उनले इन्ज्युरी समयमा गोल गर्दै जितलाई ३–० मा पुर्याए । तर खेलको ४२ औं मिनेटमै बार्सिलोनाका क्लिमन लंग्लेले रातो कार्ड खाँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । उनले सेल्टाका डेनिस सुवारेजलाई पुस गरेपछि रातो कार्ड पाएका थिए । गएरातिको खेलमा जितसँगै बर्सिलोनाले लगातार दुई खेलमा जित निकाल्दै लिगमा उत्कृष्ट आगमन गरेको छ । पछिल्लो सिजनमा खराब अन्त्य गरेको बार्सिलोनाले सुरुवाती दुई खेलमा उत्कृष्ट जित निकालेको छ । जितसँगै बार्सिलोनाले ६ अंक बनाएको छ । यता पराजित सेल्टा भिगो भने ४ खेलबाट ५ अंक बनाउँदै ११ औं स्थानमा छ । बिहीबार राति नै सम्पन्न अर्को खेलमा सेभियाले लेभान्टेलाई १–० गोले हराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस