असोज २३, काठमाण्डौ । आईपीएलको १३ औँ सिजनको २२ औँ खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेवन पञ्जाबलाई ६९ रनले पराजित गरेको छ । आईपीएलमा पञ्जाबविरुद्ध हैदराबादको यो सबैभन्दा ठूलो जीत हो । यसअघि सन् २०१९ मा हैदराबादले पञ्जाबलाई ४५ रनले पराजित गरेको थियो ।
योसँगै दुई जनाले १६ पारीमा १ हजारभन्दा बढीको साझेदारी पूरा गरेका छन् । दुई जनाले ५ पटक शतकीय र ४ पटक अर्धशतकीय पारी खलेका छन् । त्यस्तै, केन विलियमसनले २० रनको योगदान दिए । पञ्जाबका लागि रवि विश्नोईले ३ तथा अर्षदीप सिंहले २ विकेट लिए ।