असोज २५, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा आज शीर्ष दुई टीम प्रतिस्पर्धा गर्दैछन् । यूएईस्थित शेख जायद रंगशालामा राति पौने ८ बजे हुने खेलमा आईपीएलको सफल टोली मुम्बई इन्डियन्स र यो सिजन राम्रो लयमा रहेको शीर्ष स्थानको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुन लागेको हो । ६ खेल सकिँदा दिल्लीले ५ खेलमा जित हात पारेको छ भने मुम्बईले ४ खेल जितेको छ । हैदरावाद तालिकाको पाँचौ स्थानमा छ भने राजस्थान अन्तिमबाट दोस्रो स्थानमा छ । समान ६ खेल खेलेको हैदरावादको ६ अंक छ भने राजस्थानको ४ अंक छ ।