असोज २९, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले अर्को हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा राजस्थान दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो ।
जितपछि दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ । राजस्थानका भने यो प्रतियोगितामा पाँचौं हार हो ।