इंग्लिस प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो टोटेनहम

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक ३, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक ३, काठमाडौं । इंग्लिस प्रिमियर लिग आईपीएल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटेनहम हट्सपर वेस्ट हामसँग बराबरीमा रोकिएको छ । हट्सपर रंगशालामा सम्पन्न खेलमा पाहुना टिम वेस्ट हामले घरेलु टिमलाई ३–३ गोलको बराबरीमा रोकेको हो ।
टोटेनहमका लागि सन ह्युङ मिनले पहिलो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाए भने कप्तान ह्यारी केनले आठौं र १६ औं मिनेटमा गोल गर्दै खेललाई तीन गोलको अग्रतामा पुर्याएका थिए ।

पहिलो हाफमा ३–० ले अघि रहे पनि दोस्रो हाफमा सम्पूर्ण अग्रता गुमायो । ८२ औं मिनेटमा फबियन बाल्बुइनाले गोल गरे भने इन्ज्युरी समयमा म्यानुयल लान्जिनीले गोल गरे। त्यस्तै, ८५ औं मिनेटमा टोटेनहमका डाविन्सन सान्चेजले आफ्नै पोस्टमा गोल गरे। यस साथै दुवै टिमले अंक बाँडेका छन् । ईपीएल अंकतालिकामा टोटेनहम ८ अंकका साथ छैटौं स्थानमा छ भने वेस्ट हाम ७ अंकका साथ आठौं स्थानमा छ । आइतबार राति सम्पन्न अर्को खेलमा क्रिस्टल प्यालेस र ब्राइटोनले एक–एक गोलको बराबरी खेलेका छन् भने एस्टोन भिल्लाले लेस्टर सिटीलाई उसकै घरेलु मैदानमा हराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस