कार्तिक ३, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ । जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।
दुई पटकसम्म सुपर ओभरमा पुगेको खेलमा पञ्जाबले दोस्रो सुपर ओभरमा जित निकालेको हो । मुम्बईको यो तेस्रो हार हो । जितपछि पञ्जाबको ६ अंक भएको छ । पञ्जाबसँग हारेको मुम्बईले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।