भारतीय प्रधानमन्त्री मोदी महान भन्दै ट्रम्पले गरे उच्च स्तरमा तारिफ !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २७, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २७, काठमाडौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उच्च स्तरमा तारिफ गरेका छन् । उनले ट्विटरमा आफ्नो बिचार राख्दै मोदी वास्तवमा नै महान् र राम्रो भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘असाधारण समयमा मित्रहरु बीच घनिष्ठ सहयोग आवश्यक छ । हाइड्रोक्सीक्लोरोक्विनबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै बिर्सने छैन ! प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’

उनले लेखेका छन्:

Donald J. Trump

@realDonaldTrump
Extraordinary times require even closer cooperation between friends. Thank you India and the Indian people for the decision on HCQ. Will not be forgotten! Thank you Prime Minister @NarendraModi for your strong leadership in helping not just India, but humanity, in this fight!

ट्रम्पले भारतबाट २.९ करोड  हाइड्रोक्सीक्लोरोक्विन पठाएको पनि जानकारी दिए ।

यसअघि मंगलबार ट्रम्पले धम्की दिँदै यदि भारतले उनको व्यक्तिगत आग्रहपछि पनि औषधी पठाउँदैन भने कारवाही गर्ने चेतावनी दिएका थिए । गत शनिबार ट्रम्पले भारतसँग कोरोनासँग लड्नका लागि मलेरियाका लागि प्रयोग हुने औषधी हाइड्रोक्सीक्लोरोक्विनको खोप माग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस