भारतको देशव्यापी लक डाउन लम्बिन सक्छ – भारतीय मुख्यमन्त्री रावत

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २९, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र २९, काठमाण्डौ । भारतमा लगाइएको देशव्यापी २१ दिने लक डाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले शुक्रबार बताए । उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्न लक डाउन लम्बिन सक्ने बताए । “भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यस अघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ,” रावतले एएनआईसँग भने । उनले उत्तराखण्ड राज्य कोरोना भाइरसको सङ्क्रमणको विषयमा पहिलो चरणमै रहेको पनि जानकारी दिए । तबलिगी जमातबाट फर्किएकाहरूका कारण सङ्क्रमणको खतरा रहेपनि उनीहरु सम्पर्कमा आएको राज्यले उचित व्यवस्थापन गरिरहेको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस