साउदीमा कर्फ्युको अवधि लम्बियो : उल्लङ्घन गरे २० दिन जेल, १० हजार रियाल जरिबाना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ३०,काठमाडौँ । साउदी अरबमा कर्फ्युको अवधि लम्बिएको छ । मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्युको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याएको साउदी सरकारलाई उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकोले थप सावधानी अपनाउन आवश्यक भएकाले कर्फ्यु थप गरिएको र विभिन्न १३ क्षेत्रहरुबीचको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत रहेको दूतावासले जनाएको छ ।

साउदीअरबमा रहेका नेपाली श्रमिकहरुलाई कर्फ्युको आदेश पूर्ण पालना गर्न रियादमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । यस्तै कर्फ्यु पालना वा उल्लंघन सम्बन्धी कुनैपनि भिडियोहरु, नकरात्मक टिकाटिप्पणी सामाजिक संजालमा नराख्न पनि दूतावासले सचेत गराएको छ ।

साउदी सरकारले कर्फयु उल्लङ्घन गरे २० दिनसम्म जेल र १० हजार साउदी रियाल जरिबाना तोकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस