कोरोना भाइरस स्वाइन फ्लुभन्दा दस गुणा खतरनाक : विश्व स्वास्थ्य संगठन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

वैशाख २, काठमाण्डौ । विश्वकै त्रास फैलाइरहेको कोरोना भाइरस स्वाइन फ्लुभन्दा दस गुणा खतरनाक रहेको तथ्य सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा। टेड्रोस एदनाम गेब्रियससले आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइन फ्लुभन्दा पनि खतरनाक रहेको बताए ।

यो भाइरस स्वाइन फ्लुभन्दा दस गुणा बढी खतरनाक छ । बिना भ्याक्सिन कोरोना भाइरस रोक्न सकिँदैन उनले भने । उनले भ्याक्सिनले मात्र कोरोना भाइरसलाई पूर्णरुपमा नियन्त्रण गर्नसक्ने भएकाले यसतर्फ विश्वका सबै राष्ट्र सचेत हुन जरुरी रहेको बताए ।

स्वाइन फ्लु सन् २००९ मा देखिएको थियो । चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वमै फैलिरहेको छ । यसबाट हालसम्म १९ लाख बढी संक्रमित रहेका छन् भने १ लाख १९ हजार बढीको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस