कारोना सकस: एटीएमबाट सित्तैमा चामल !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख २,काठमाडौँ । एटिएमबाट चामल ‘राइस एटीएम’ भियतनाममा स्थापित भएको छ । जसले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सबैभन्दा बढी प्रभावित भएकालाई मद्दत गर्छ ।

भियतनाममा अहिलेसम्म दुई सय ६५ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ तर कसैको पनि ज्यान गएको छैन, यो अरु देशको तुलनामा निकै कम हो । तर यसको सङ्क्रमण बढ्न नदिन सरकारले व्यक्ति–व्यक्तिबीचको दुरीलाई कार्यान्वयनमा ल्याएको छ ।

साना पसल र व्यवसाय बन्द गरिएको छ भने हजारौँले काम छोडेका छन् । कोरोनाको कारण कामविहीन भएकाहरुका लागि विभिन्न व्यापारी र दाताहरुले शहरको कैयौँ ठाउँमा एटीएमबाट सित्तैमा चामल वितरण गरिरहेका छन् ।

भियतनामको हनोईमा प्रत्येक दिन बिहान पानी बोक्ने ट्याङ्करले चामल ल्याउने र बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म वितरण गरिने स्थानीय समाचार एजेन्सी भीएनएले बतायो ।

‘एटीएमबाट चामल लिन लाइनमा लागेकाहरुले एकअर्कामा ६ फिटको दुरी कायम गर्नुपर्छ र चामल थैलामा भर्नुअघि अनिवार्य रुपमा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ’, स्थानीय अखबार हनोई टाइम्सले भन्यो ।

ह्युको मध्य शहरमा रहेको एक कलेजमा स्थापित एटीएमबाट स्थानीयले सित्तैमा दुई केजी चामल प्राप्त गर्दै आएका छन् । हो ची मिन्हमा रहेको राइस एटीएम हप्ताको सातै दिन चौबिसै घण्टा सञ्चालन हुन्छ । अर्को हप्तासम्म डा नाङमा थप दुई वटा एटीएम स्थापना गर्ने भीएनएले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस