जेठ २८, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको प्रमुख उपप्रमुखसहित सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । शनिवार भएको निर्वाचनमा प्रमुख पदमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका कमल थुलुङ राई र उपप्रमुखमा गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रबाट अनिशा खड्कासहित सबै सदस्य पदमा गठबन्धन विजयी भएका हुन् ।
यस्तै सदस्यहरूमा दलित वा अल्पसंख्यक सदस्य लादिकी शेर्पा, महिला सदस्य गोमादेबी राई नेकपा माओवादी केन्द्रबाट, सदस्य जीवन किराँती राई र सदस्य चन्द्रकुमार राई जनता समाजवादी पार्टी नेपाल, सदस्य दीर्घ कुमारी कार्की, विनोद मगर नेपाली कांग्रेस महिला सदस्य राधिका तामाङ नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।