नेकपा नेता नारायणकाजीलाई पूर्वराजाको ‘नमस्कार’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष ११, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ ।

साहित्य सम्मेलनमा सहभागी भई काठमाडौं फर्किँदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरुलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो ।

श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नमस्कार गर्दै हालखबर सोधेका थिए ।

पूर्वराजा शाहले श्रेष्ठसँग काठमाडौंदेखि पोखरासम्मको सडक खराब भएका कारण हवाई माध्यमबाट यात्रा गर्नु परेको गुनासो गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस