उपचार पश्चात् वर्षमान पुन नेपाल फर्किए

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० अषाढ १, शुक्रबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन् । पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार नेपाल आएका हुन् ।

पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएका छन् । पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती,दुर्गा चापागाईंलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस