बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३, आईतबार (२ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार ३,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

उनले बेपत्ताहरुको खोजी, उद्धार एवं प्रभावितलाई राहत वितरणको काममा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बाढी–पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा क्षति पुगेको छ ।

पहिरोमा परेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका६ मेहेलेमा एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । यस्तै, बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुर बेपत्ता भएका छन् भने हेवा खोलामा आएको बाढीमा परेर पाँचथरमा ६ जना बेपत्ता भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस