बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री सङ्खुवासभा जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ४, सोमबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि सङ्खुवासभा जाँदैछन् ।

उनि आज हवाईजहाजमार्फत् सङ्खुवासभा जाने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डसहित, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्खुवासभाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद दीपक खड्का, प्रदेश सभा सदस्य राजेन्द्र कार्कीलगायत आउने कार्कीले जानकारी दिए ।

शनिवार राति आएको बाढीले सङ्खुवासभामा अहिलेसम्म एक जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

पाँचखपन नगरपालिका–४ र चैनपुर नगरपालिका–९ को बीचमा पर्ने हेवाखोलामा आएको बाढीले सुपर हेवा हाइड्रोपावर कम्पनीमा कार्यरत १८ जना, सभापोखरीमा दुई जना र नुनढाकीमा एक जना गरी २१ जना बेपत्ता भएका छन् । उनीहरुले खोजी कार्य भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस