राष्ट्रिय वाणिज्य बैंकको खाताबाट १२ लाख रूपैयाँ गायब !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ १४, बिहिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैंकको एकजना ग्राहकको खाताबाट १२ लाख रूपैयाँ गायब भएको छ ।

नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने गिरोहले जापानमा रहेकी नेपाली महिलाको १२ लाख २० हजार रूपैयाँ गायब पारेको हो । मोबाइल बैंकिङको पासवर्ड बिर्सिएपछि ति महिलाले बैंकको उक्त नक्कली फेसबुक पेजमा समस्या राखेकी थिइन् ।

उक्त पेजबाट मागिएको विवरण महिलाले उपलब्ध गराउने वित्तिकै पैसा गायब भएको पाइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस